जनतामा परिवर्तनको अनुभूति हुने गरी काम गर्न सरकारलाई प्रचण्डको सुझाव | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जनतामा परिवर्तनको अनुभूति हुने गरी काम गर्न सरकारलाई प्रचण्डको सुझाव

काठमाडौं, २८ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले जनतामा परिवर्तनको अनुभूति हुने गरी काम गर्न जरुरी रहेको बताएका छन् ।

अध्यक्ष दाहालले पूरानै कार्यशैली, नीति र योजनाले ठूल्ठूला परिवर्तनबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन नसक्नेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । बिहीबार काठमाडौंमा नेपाल दूरसंचार कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले नेपाल टेलिकमको कार्य क्षमता वृद्धि गर्न त्यहाँका कर्मचारीहरुको क्षमता वृद्धि गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

पूरानै शैली र योजना अनुसार काम गर्ने शैलीमा कर्मचारी तन्त्रले परिवर्तन नगरेसम्म मुलुक अघि बढ्न नसक्ने अध्यक्ष दाहालको भनाई छ ।

कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमको क्षमता अभिवृद्धिका लागि कामै गरेर देखाउन कर्मचारीहरुलाई सचेत गराए । उनले नेपाल टेलिकमलाई जापानको एक कम्पनी रणनीतिक साझेदारको रुपमा भित्र्याउन लागिएको पनि जानकारी दिए । मन्त्री बास्कोटाले नेपाल टेलिकमको ऐन, कानुनलाई पनि समय सापेक्ष बनाउने प्रतिवद्धता व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);