काम नगर्ने निर्माण कम्पनीलाई ठेक्का नदिन प्रधानमन्त्री ओलीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

काम नगर्ने निर्माण कम्पनीलाई ठेक्का नदिन प्रधानमन्त्री ओलीको निर्देशन

pm oli

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने र क्षमता भन्दा बढी ठेक्का लिने निर्माण कम्पनीलाई ठेक्का सम्झौता नगर्न निर्देशन दिनु भएको छ । सिंहदरबारमा सोमबार चौमासिक समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामान्य नभएका निर्माण कम्पनिहरुलाई ठेक्का दिनु नहुने बताउनु भएको हो ।

बैठकमा मन्त्रालय मातहत निकायका विकास आयोजनाको कामलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले आगामी १५ दिनभित्र सम्पूर्ण ठेक्काको विवरण तयार गर्न सम्बन्धित मन्त्रालयका सचिवहरुलाई निर्देशन पनि दिनुभयो । प्रधानमन्त्री आलीले धेरै ठेक्का लिएर काम अलपत्र पार्नेलाई अयोग्य बनाउदै भन्दै त्यस्ता ठेकेदारलाई हटाई अर्को सक्षमलाई जिम्मेवारी दिइनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सुशासन र विकास मार्फत राजनीतिमा आएको परिवर्तनको अनुभूति जनतामा गराउनु सक्नुपर्छ भन्दै मुलुकका सम्पूर्ण क्षेत्रमा देखिनेगरी सुधार गर्नुपर्ने बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);