कर्मचारीको तलब वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कर्मचारीको तलब वृद्धि

talab

काठमाडौं, १६ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रसेवक कर्मचारीको तलबमा कम्तीमा १८ देखि २० प्रतिशतसम्म तलब वृद्धि गर्ने घोषणा गर्नुभएको छ ।

बजेटमा नेपाल सरकारको विनियोजनबाट पारिश्रमिक प्राप्त गर्ने सबै राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा प्राध्यापकको सुरु तलबमानमा आगामी २०७६ साउन १ देखि लागू हुने गरी राजपत्र अनङ्कित श्रेणीका लागि २० र राजपत्राङ्कित श्रेणीका लागि १८ प्रतिशतले वृद्धि भएको छ ।

तलब वृद्धि भएकोमा राष्ट्रसेवक कर्मचारीहरूले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । हरेक दुई–दुई वर्षमा तलब वृद्धि हुने कानुनी व्यवस्था भए पनि तीन वर्षपछि मात्रै तलब बढेको हो । यस अघि २०७३ मा २५ प्रतिशतले तलब बढेको थियो । त्यसपछि महँगी भत्ता मात्रै बढ्दै आएको थियो ।

बजेटमा राष्ट्रसेवकहरूमा कामप्रति तत्पर हुने, सेवाभावसहित समयमै काम सम्पन्ना गर्ने, उत्कृष्ट नतिजा दिने र जिम्मेवारी वहन गर्ने कार्यसंस्कृतिको विकास गरिने उल्लेख छ । राष्ट्र सेवकहरूमा ज्ञान, सीप र पेसागत मर्यादाको विकास गरी सरकारी सेवा साथ उत्कृष्ट ढङ्गले प्रवाह गरिने छ ।

कर्मचारीहरूको सरुवा‚ पुरस्कार‚ सजाय‚ वृत्ति विकास र क्षमता अभिवृद्धिको अवसरलाई कार्यसम्पादनमा आधारित बनाइने र योगदानमा आधारित निवृत्तभरण कोष सञ्चालन गर्न संस्थागत व्यवस्था मिलाइने बजेटमा व्यवस्था छ ।

अर्थमन्त्री डा. खतिवडाले भन्नुभयो, ‘‘राष्ट्रसेवक कर्मचारीको महँगीभत्ता, पोशाक सुविधा र सावधिक जीवन बीमालाई यथावत राखेको छु, यसबाट कर्मचारीको मनोबल उच्च हुन गई पेशागत निष्ठा बलियो भई सार्वजनिक सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरेको छु ।’’  यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);