१४ करोडका कारगेड बाइक किन्दै सरकारः राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

१४ करोडका कारगेड बाइक किन्दै सरकारः राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड

bidhya_sawari_motorcyle

काठमाडौं, २६ फागुन । सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ ।

प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड)मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो । त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेका छन् । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

राष्ट्रपतिको प्रयोगका लागि डेढ अर्ब रुपैयाँ बराबरको हेलिकोप्टर र १४ करोडका कारगेड मोटरसाइकल किन्ने निर्णयपछि सरकारको चौतर्फी आलोचना भएको थियो । उच्च पदस्थ अधिकारीहरु सुविधा भोगी बन्दै गएको आरोप लागिरहेका बेला त्यसलाई थप बल पुग्ने गरी भिभिआइपीका लागि १३ करोड ९७ लाख रुपैयाँमा ६ सय ५० सिसीका ३० वटा जापानी सुजुकी स्कर्टिङ मोटरसाइकल खरिद सम्झौता भइसकेको छ ।

खरिद क्रममा रहेका ती मोटरसाइकल प्रति एकको मूल्य ४६ लाख ६० हजारभन्दा बढी पर्छ । प्रहरीले २०५८ सालपछि पहिलोपटक गुणस्तर युक्त कारगेड मोटरसाइकल खरिद हुन लागेको जनाएको छ । ‘नेपाल प्रहरीलाई ३० वटा कारगेड मोटरसाइकल खरिद गर्न आवश्यक बजेट विनियोजन गर्ने,’ मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ । त्यहीं निर्णयका आधारमा मोटरसाइकलको मूल्य टेन्डरबाट निर्धारण गरेर खरिद प्रक्रियामा लगिएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);