दोस्रो राष्ट्रिय अर्गानिक कृषि मेला सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

दोस्रो राष्ट्रिय अर्गानिक कृषि मेला सुरु

agro-krishi

ललितपुर, १६ चैत । शुक्रबारबाट दोस्रो राष्ट्रिय अर्गानिक कृषि मेला सुरु भएको छ । ललितपुरको दरबार क्षेत्र संग्राहलयमा मेला सुरु भएको हो । ४ दिनसम्म चल्ने मेलामा अर्गानिक कृषिका उत्पादनहरु राखिएको मेला आयोजक समितिकी सहसंयोजक समिक्षा बास्कोटाले जानकारी दिइन् ।

मेलामा मूलत पाँचथर जिल्लामा उत्पादित अर्गानिक कृषि बस्तुहरुको प्रर्दशनी राखिएको छ । राज्यलाई अर्गानिक कृषि बस्तुको उत्पादनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सन्देश दिन मेला आयोजना गरिएको हो । मेलामा चिया, कफी, महलगायतका अर्गानिक बस्तुहरु पनि रहेका छन् ।

मेलामा पाँचथरस्थित कञ्चनजंगा टी स्टेट एण्ड रिसर्च सेन्टरले उत्पादन गरेका अर्गानिक चियाका विभिन्न प्रकारहरु राखिएका छन् । सेन्टर नेपालको अर्गानिक चिया उत्पादन गर्ने पहिलो उद्योगको रुपमा परिचित छ ।

त्यसैगरी पोखराको पुरानो धानको अर्गानिक चामल पनि मेलामा राखिएको छ । ३५ वटा स्टल रहेको मेलाले अर्गानिक बस्तुहरु मानव स्वास्थ्यका लागि हितकर छ भन्ने सन्देश दिने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);