नयाँ नियमले कसरी ध्वस्त हुँदै छ, नेपालको डेरी उद्योग (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नयाँ नियमले कसरी ध्वस्त हुँदै छ, नेपालको डेरी उद्योग (भिडियोसहित)

artha sambad

काठमाडौँ, २४ फागुन । ग्रामिण अर्थतन्त्रको विकासमा नेपालमा डेरी उद्योगले ठुलो योगदान गरिरहेको छ । ठुलो रका अहिले शहरबाट गाउँमा डेरी उद्योगबाट नै हुने गरेको छ । गाउँमा जाने माध्यम पनि डेरी उद्योग रहेको छ । गत वर्ष करिव २१ लाखको हाराहारीमा मेट्रीक टन दुध उत्पादन नेपालमा भएको थियो । तर हामीलाई आवश्यकता पुरा गर्न करिव २५ मेट्रीकटन दुध हुनु पर्ने देखिने अनुमान गरेको छ । अहिले सरकारले प्रशोधन व्यवसायमा विदेशी लगानी भित्र्याउन लागेको भन्दै डेरी उद्योगी व्यवसायहरुले यसको विरोध गरिरहेको छ ।

डेरी उद्योग संघ र डेरी एशोसेसनले यसको आवश्यकता नभएको बताएको छ । स्वदेशी डेरी उद्योगहरुलाई नै प्रोसाहन गरे आफ्नो यो क्षेत्रमा आत्मनिर्भर हुन सक्ने उनका भनाईहरु रहेको छ । नेपालआ डेरी उद्योगको अवस्था ? यसमा अरु क्षेत्रलाई पनि सम्हाल्न सक्ने आत्मनिर्भरमुखी यात्रामा रहेको अवस्था ? कृषि र पशुपालनको अवस्था ? पशु विमा ? डेरी उद्योगीहरुको अवस्था?कृषकहरुको अवस्था ?यसका साथै विदेशी लगानी भित्र्याउन जरुरी छ कि छैन ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘अर्थ संवाद’ मा प्रस्तोता गोपाल बस्नेत ले नेपाल डेरी एशोसेसनका अध्यक्ष, व्यवसायी सुमीत केडिया संग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);