पतन्जलीको घ्यूको कारण नेपाली घ्यू विक्रि भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पतन्जलीको घ्यूको कारण नेपाली घ्यू विक्रि भएन

nepali ghee

काठमाडौं, २ असार । दिनरात नै अहिले सरकार समृद्धि कै सपना देखिरहेको छ । तर, २० अर्ब रुपैयाँ लगानी गरेर देशभर २० हजार डेरीले उत्पादन गरेको करिव ५ अर्बको घ्यू भने भारतबाट आयात गरिएको पतन्जलीको घ्यूको कारण विक्रि नभइ यतिकै थन्किएको छ ।

सरकारले समृद्धिको चर्का कुरा गरिरहेको बेलामा नेपालका डेरी उद्यमी भने खुशी हुनुको ठाउँमा थप चिन्तित देखिएका छन । डेरीमा करिव २० अर्ब रुपैयाँ लगानी गरेका उद्यमी त्यतिवेला चिन्तित भएका हुन जब सरकारले डेरीमा अनुगमन गरयो र खरावी भेटिएको उद्योगमा सिलवन्दी गरयो तर नेपालमै उत्पादित दुधजन्य पदार्थको विक्रि र वितरणमा भने कुनै मतलब गरेन ।

नेपाल डेरी एशोसिएसनका अनुसार, नेपालमा अहिले दैनिक ५० लाख लिटर दुध उत्पादन हुने गरेको छ । यहि दुधको कारोवारबाट करिव ५ लाख घर परिवार लाभान्वित हुने गरेका छन । तर, देशभरका २० हजार डेरीले उत्पादन गरेको घ्यू भने विक्रि वितरण हुन छाडेको छ ।

दुधमा मिसावटका कुरा चलिरहेको बेलामा घयुमा पनि मिसावट भएर पो विक्री नभएको हो कि भन्ने स्वभाविक प्रश्न जन्मिएको छ तर डेरी एशोसिएसनका अनुसार,मिसावटका कारण नभइ भारतबाट सस्तोमा आयात गरिएको रामदेवले उत्पादन गरेको पतन्जलीको घयुको कारण नेपाली घयु विक्रि हुन छाडेको हो । डेरी एशोसिएसनका महासचिव प्रल्हाद दाहालका अनुसार, ५ अर्ब रकम बराबरको घयु अहिले स्टक छ ।

पतन्जलीको घयु अर्गानिक र शुद्ध भएको भनेर नेपालमा खुव प्रचार प्रसार भइरहेको छ । भारतमा नै ८सय रुपैया प्रतिकेजी पर्ने घयु नेपालमा भने अहिले ५ सय ६० रुपैयामा विक्रि वितरण भइरहेको छ । सस्तोमा राम्रो घयु पाएको भन्दै नेपाली उपभोक्ताले नेपाली घयुको प्रयोग कम गर्न थालेका छन ।

नेपालमा वारम्वार दुध र दुधजन्य वस्तुमा मिसावट छ भनेर हल्ला चलिरहने र भारतबाट सस्तोमा दुधजन्य वस्तु आयात भइरहदा नेपालका उद्यमी मारमा
तर नेपालमा खाद्य वस्तुको गुण र दोष प्रविधि परिक्षण गरेर पत्ता लगाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भने हल्ला गरिएजस्तो दुधमा युरिया,सावुन जस्ता वस्तु नमिसाइएको बताइरहेको छ ।

ल्याव परिक्षण गर्ने सरकारी निकाय मिसावट छैन भन्ने तर मन्त्री स्वयम गएर अनुगमन गरि डेरीमा ताला लगाउने गर्दा यसले उपभोक्तामा भने ठुलो असर पारेको छ । अझ डेरी उद्यमीले कैयौं पटक नेपाली घयु विक्री नै हुन छाडेपछि यसो नगर्न उद्योग मन्त्रालयमा पटक पटक गुहार मागिसके तर यसमा सुनुवाइ हुनुको सटटा उल्टै ताला लगाउन थालिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);