'आइसिपीबाट सामान आयात-निर्यात गर्न खर्चिलो र झन्झटिलो' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘आइसिपीबाट सामान आयात-निर्यात गर्न खर्चिलो र झन्झटिलो’

अनुप तिवारी

पर्सा, १ असार । नेपाल भारतबीच व्यापार सहज बनाउन पर्साको अलौमा एकीकृत जाँच चौकी (आइसिपी) संचालनमा ल्याइएको छ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा दुबै देशका प्रधानमन्त्रीले उद्घाटन गरेर आइसिपी संचालनमा ल्याइएको हो । तर आइसिपीबाट सामान आयात निर्यात गर्न खर्चिलो र झन्झटिलो भएको आयात कर्ताहरुले गुनासो गरेका छन् ।

गत चैतमा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा दुबै देशका प्रधानमन्त्रीले स्वीचबाट उद्घाटन गरेर आइसिपी संचालनमा ल्याइएको थियो । नेपाल भारतबीचको व्यापार सहज बनाउन पर्साको अलौमा आइसिपी संचालनमा ल्याइएको हो ।

तर आइसिपी संचालमा आएको दुई महिना पनि नपुग्दै सामान आयात निर्यात गर्न खर्चिलो र झन्झटिलो भएको आयात कर्ताहरुले गुनासो गरेका छन् । रक्सौल र वीरगन्ज भन्सारको तुलनामा आइसिपी पास हुन एउटा गाडीलाई एक साता सम्म लाग्ने गरेको चालकहरुको भनाइ छ ।

आइसिपी संचालनमा आएपछि आयात निर्यात सहज हुनका साथै गाडी भाडा, विलम्ब शुल्क लगायतका समस्या समाधान हुने अपेक्षा आयातकर्ताको थियो । तर आइसिपी संचालनमा आएपछि झन सास्ती भएको व्यवसायीको गुनासो छ ।

आसिपीबाट अहिले दैनिक ५ सय देखि ६ सय सम्म मालवाहक गाडीहरु प्रवेश गर्ने गरेका छन् । आईसीपीमा छ वटा गेट भए पनि हालसम्म एउटा गेट मात्र प्रयोगमा ल्याएको छ । आइसिपीको समस्या समाधान गर्न सरोकारवाले आग्रह गर्दा पनि सम्बन्धित निकायले चासो दिएको छैन ।

तर आइसिपी संचालनको जिम्मा लिइएको नेपाल इन्टर मोडेल यातायात विकास समितिले आइसिपी परिसरको व्यवस्थापनको खर्च संकलन गर्ने उद्देश्यले इन्ट्री तथा तौलको रकम लिने गरेको प्रतिक्रिया दिएको छ । गाडी पास हुन धेरै समय लागेको स्वीकार गर्दै उसले समस्या समाधानका लागि भारतीय पक्षसँग छलफल भइरहेको बताएको छ ।

निकै तामझमाका साथ संचालनमा ल्याइएको आइसिपीको तत्काल व्यवस्थापन गरेर सहज रुपमा सामान आयात निर्यातको व्यवस्था गर्न सरोकारवालाले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);