प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, १ असार । प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै छन् ।

असार १ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुरुप सात वटै प्रदेश सरकारले आज प्रदेश सभाको बैठकमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेका हुन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट सार्वजनिक गर्ने छन् । बजेटमा कृषि र पर्यटनलाई प्रथमिकता दिइएको बताइएको छ ।

सात प्रदेशमध्ये तीन नम्बर प्रदेशले सबैभन्दा बढी ४० अर्ब हाराहारी र सात नम्बर प्रदेशले प्रदेश सरकारले संघीय सरकारले छुट्याएको बजेट र आफ्नो आन्तरिक स्रोतका आधारमा बजेट ल्याउनेछन् । संघीय सरकारले गत जेठ १५ गते १३ खर्ब, १५ अर्ब १६ करोड १७ लाखको बजेट ल्याएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);