बजेट कार्यान्वयन गर्न प्रदेश सरकारकालाई सर्वसाधारणको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

बजेट कार्यान्वयन गर्न प्रदेश सरकारकालाई सर्वसाधारणको आग्रह

पाण्डप पुजारा

कैलाली, २ असार । मुलुक संघीय संरचनामा प्रवेश गरेपछि पहिलो पटक सातै प्रदेशका सरकारहरुले आगामी आर्थिक वर्षको बजेट सर्वजनिक गरेका छन् । बजेट सार्वजनीक भएसँगै विभिन्न प्रतिक्रिया आएका छन् । सर्वसाधारणले भने संघीय संरचनामा आएको बजेटको प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिएका छन् ।

अन्य प्रदेशजस्तै प्रदेश–७ सरकारले पनि शुक्रवार आगामी आर्थिक वर्षका लागि २५ अर्ब ६ करोड ५६ लाख १४ हजार रुपैयाँको बजेट सर्वजनिक ग-यो । प्रदेश–७ को प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले प्रस्तुत गरेको बजेटमा कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।

प्रदेश सातका जनताले भने विनियोजन भएको बजेट प्रदेशको समग्र विकासका लागि भरपुर सदुपयोग गर्न सरकारलाई सुझाव दिएका छन् ।

स्थानीयले विकासका पुर्वाधारहरु स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार तथा औद्योगीक क्षेत्रमा छुट्याइएको बजेट फ्रिज हुने अवस्था नआउन सरकार सचेत हुनुपर्ने बताएका छन् ।

त्यस्तै प्रदेश–७ अन्य प्रदेश भन्दा पछाडी परेको भन्दै स्थानीयले यहाँको सम्भावनालाई मध्यनजर गर्दै बजेटको सही कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

प्रदेश सरकारको प्रस्तुत बजेटमा चालूतर्फ १३ अर्ब ३५ करोड आठ लाख एक हजार र पुँजिगततर्फ ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);