नास्पाती बारीमै कुहिने किसानको डर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नास्पाती बारीमै कुहिने किसानको डर

काठमाडौं, १६ भदौ । कोरोना भाइरस (कोभिड—१९) ले विश्वभरी नै ठूलो जनधनको क्षति गरेको छ । गत वर्षको डिसेम्बरमा चीनको उहानबाट उत्पत्ति भएको कोभिड—१९ बाट विश्वभरी करोडौँ जनता प्रभावित भएका छन । नेपालमा पनि कोरोनाले नराम्ररी प्रभावित गरेको छ ।

हजारौँको संख्यामा संक्रमित छ भने, २ सय भन्दा बढीको मृत्यु भइसकेको छ । यति मात्रै होइन उद्योग धन्दा व्यापार व्यवसाय पनि ठप्प प्रायः छन । किसानले आफ्नो बारीमा फलाएका तरकारी र फलफुल बजार अभावमा कुहिएर जाने अवस्थामा रहेको छ ।

निषेधाज्ञाका कारण विक्रि नभएर भक्तपुरको सूर्यविनायक नगरपालिकामा दूध सडकमा फ्याकिएको भदौ १३ गते मात्रै हो । संघ, प्रदेश र स्थानीय सरकार लगायत सम्पूर्ण सरोकारवालाको ध्यान कोरोना नियन्त्रणतर्फ केन्द्रीत हुँदा किसानका उत्पादन सडकमा फलिने, बारीमा कुहिएर जाने घटना घट्नु नौलो कुरा होइन ।

सम्पूर्ण राज्यशक्ति कोरोना केन्द्रीत हुँदा आफ्नै बारीको उत्पादन बजारसम्म पु¥याउन नपाउँदा किसानहरु पीडित त बनेका छन नै जीविकोपार्जनका आधार नै खोसिएको महसुस पनि गर्न थालेका छन । संघीय राजधानी काठमाडौंको दक्षिण क्षेत्रमा रहेको दक्षिणकालीका किसानको बारीमा फलेको नास्पाती बारिमै कुहिने अवस्थामा पुगेको छ ।

नास्पाती फल्ने मूख्य सिजन, नास्पाती विक्रिबाट आएको पैसाले घरखर्च धान्दै आएका त्यहाँका अधिकांश किसानलाई कोरोनाको भन्दा कोरोनाका कारण आफ्नो उत्पादन बारीमै कुहिने चिन्ताले पिरोलेको छ । विगतमा स्थानीय ठेकेदारहरुले बारीमै पुगेर नास्पाती किन्ने गरेकोमा यो वर्ष कोरोना र कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउन (निषेधाज्ञा) का कारण आएका छैनन ।

दक्षिणकाली नगरपालिका ८ छइमलेका तेजबहादुर लामालाई नास्पातीको बजार व्यवस्थापन कसरी गर्ने भन्दा बारीमै कुहिएर खेर जाने पो हो की भन्ने चिन्तामा हुनुहुन्छ । गत वर्ष ९० हजार बराबरको २ सय बोरा नास्पाती विक्रि गर्नुभएका उहाँको खेतबारीमा ३४ बोट नास्पाती छन । यो वर्षपनि २ सय बोराभन्दा बढी फलेपनि विक्रि नै नहुँदा घरखर्च कसरी धान्ने लामालाई समस्या परेको छ ।

विगत वर्षहरुमा प्रतिव्यक्ति कम्तिमा ७० हजार देखि १ लाखसम्मको नास्पाती विक्रि गर्दै आएका त्यहाँका किसानहरु यो वर्ष सिजन सकिँदै लाग्दा पनि बजार व्यवस्थापनमा समस्या हुँदा समस्यामा परेका हुन । जीविका चलाउने आधार नै नास्पाती भएपनि विक्रि नहुँदा सरकारले व्यवस्थापन गरिदिए हुन्थ्यो नी भन्नु हुन्नुहुन्छ अर्का किसान पूर्ण बहादुर तामाङ ।

विश्वव्यामी महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि सरकारले पूर्वाधार निर्माण, उपचार र स्वास्थ्यसंस्थाहरुको व्यवस्थापन गरिरहेको छ, यो सकारात्मक पक्ष नै हो । तर महामारी नियन्त्रणका क्रममा हुने निषेधाज्ञा तथा लकडाउनका कारण किसानको उत्पादनले उचित बजार नपाउदा कुहिने अवस्थामा रहेका फलफुल, तरकारी लगायतका स्थानीय उत्पादनको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);