नेपालमा अझैपनि ठूलो संख्या बीमाको पहुँचबाट टाढा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालमा अझैपनि ठूलो संख्या बीमाको पहुँचबाट टाढा

bima insurance

काठमाडौं, १४ फागुन । नेपालमा आम मानिसलाई बीमामा पहुँच पु-याउने उद्देश्यले हालसम्म सरकारी बीमा संस्थान लगायत १९ वटा बीमा कम्पनी र २० वटा निर्जीवन बीमा कम्पनी कार्यरत रहेका छन् ।

तर अझैपनि नेपालमा ठुलो संख्या बीमाको पहुँचबाट टाढा छ । बीमाको बारेमा सबैलाई बुझाउन नसक्दा, यसप्रतिको विश्वासमा कमि, प्रचारप्रसारको अभाव लगायतका समस्याका कारण अझै आम मानिस बीमा सेवाबाट बन्चित रहेका छन् ।

हालसम्म नेपालमा बीमा पहुँच बढेर २२ प्रतिशत र जिडीपिमा ३ प्रतिशत योेगदान रहेकोे सरकारी तथ्यांक रहेकोछ । तथापि सोचेजति प्रगति भने हासिल गर्न अझै चुनौति नै देखिएकोछ ।

शहरमा भन्दा ग्रामिण परिवेशमा जीवन बीमा गराउन सक्ने आय कम भएको, प्रचारप्रसारको कमीका कारण बीमा प्रति कम आकर्षण भएको जीवन बीमा अभिकर्ताहरु बताउँछन् ।

बीमा व्यवसायको विकास, विस्तार र सुदृढीकरणमा सरकारले समयानुकूल प्रविधिको विकास, सङ्गठन पुनःसंरचना एवं सेवा प्रवाहमा ध्यान केन्द्रित गर्दै सबैलाई बीमाको दायरामा ल्याउन आवश्यक देखिएकोछ ।

पछिल्लो समय भने शाखा सञ्जालमा बृद्धि र नयाँ सुचना प्रविधिमा गइसकेकाले यसको दायरा फराकिलो हुँदै गएको बीमा संस्थानका प्रमुख कार्यकारी अधिकृत कविराज पाठकको भनाई छ ।

भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्ने जोखिम सबैलाई उत्तिकै हुन्छ । त्यसैले भोलिका दिनमा हुनसक्ने जोखिमको न्यूनीकरण गर्न तथा भविष्यमा हुने जोखिम न्यनीकरण गर्न सहका लागि बीमा आवश्यक हुन्छ । आर्थिक नोक्सानी हुँदा दिईने क्षतिपूर्तिको सुनिश्चितका लागि पनि बीमा आवश्यक भएको सर्वसाधारणको भनाई छ ।

चालु आर्थिक बर्षको ६ महीनामा जीवन बीमाको व्यवसाय ३८ दशमलव ८ प्रतिशत बढेको छ । यता निर्जीवन बीमाको व्यवसाय भने १७ दशमलव २७ प्रतिशत बढेको छ ।

नेपालमा जीवन बीमा कम्पनीभन्दा निर्जीवन बीमा कम्पनीको संख्या धेरै छ । तर, व्यवसायमा भने निर्जीवन बीमा कम्पनीहरू पछाडि पर्दै गएका छन् ।

यससँगै निजीक्षेत्रको बीमा व्यवसायभन्दा सरकारी स्वामित्वको एकमात्र बीमा संस्थानले निजी बीमा कम्पनीसँग प्रतिस्पर्धामा उत्रिन पर्ने अवस्था आएकोछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);