नवलपरासीकाे रामग्रामका कृषकलाई आलु भण्डारण गर्न समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नवलपरासीकाे रामग्रामका कृषकलाई आलु भण्डारण गर्न समस्या

मोहम्मद ईजहार शेष

नवलपरासी, १३ चैत । नवलपरासीको रामग्राम नगरपालिकाको बडगोंका अधिकांश कृषकले आलु खेती गरेका छन् । यतिबेला कृषकहरु आलु भित्र्याउन व्यस्त छन् ।

तर उत्पादन भएको आलु भण्डारण गर्न कृषकहरुलाई समस्या भएको छ । नवलपरासीमा भण्डारणको व्यवस्था नहुँदा कृषकहरु मारमा परेका छन् । कृषकहरुले रुपन्देहीमा लगेर आलु भण्डारण गर्ने गरेका छन् । भण्डारणको अभावमा कृषकहरुले मिहेनत अनुसारको फाईदा पाउन नसकेको गुनासो गरेका छन् ।

उन्नत जातका बिउ, सिंचाई र आलुको सुरक्षित भण्डारणको व्यवस्था गर्न कृषकहरुले माग गरेका छन् । आलु कृषकहरु मारमा परेको भन्दै नगरपालिकाले कृषकहरुको समस्या समाधान गर्ने आश्वासन दिएको छ ।

नवलपरासीमा झण्डै १ हजार ७ सय हेक्टर क्षेत्रफलमा आलु उत्पादन हुने गरेको छ । जसमध्ये २ सय हेक्टरमा व्यवसायिक आलु उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय नवलपरासीले जनाएको छ । गत अर्थिक बर्षमा नवलपरासीमा १६ हजार ८ सय ८० मेट्रिकटन आलु उत्पादन भएका थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);