डडेल्धुराका कृषक आलुखेती तर्फ आकर्षित (भिडियोरिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

डडेल्धुराका कृषक आलुखेती तर्फ आकर्षित (भिडियोरिपोर्ट)

माउण्टेन टेलिभिजन एचडी / विमल जैरु 

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका कृषकहरु आलुखेतीबाट राम्रो उत्पादन र आम्दानी गर्न सफल भएका छन् । उत्पादन बढेपछि कृषक आलुखेतीतर्फ आकर्षित देखिएका छन् ।

डडेल्धुराको परशुराम नगरपालिकाका कृषकहरु लामो समयदेखि गर्दै आएको परम्परागत गहुँ तथा धान खेती छोडेर व्यवसायिक रुपमा आलु खेती गर्न थालेका छन् । जिल्लाको भित्री मधेशमा पर्ने आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका कृषकहरुलाई परम्परागत खेतीबाट दैनिक छाक टार्न समेत समस्या हुने गरेको थियो । उक्त क्षेत्रका कृषकलाई आलु सुपरजोन डडेल्धुराले सहयोग गरेपछि राम्रो आम्दानी गर्न सफल भएका छन् । किसानहरुले दुई क्वीन्टल आलु रोपेर २५/३० क्युन्टल आलु फलाएका छन । आलुबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरुले समुह नै बनाएर खेती गरिरहेका छन । एक सिजनमा कृषकले आलु बिक्री गरेरै २० देखि ३० लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

आर्थिक, प्राविधिक, सिँचाईको सुविधा तथा यन्त्र उपकरणमा आलु सुपर जोनले सहयोग गरेपछि किसानहरुलाई खेती गर्न हौसला बढेको हो । गहुँ खेती गर्ने यो समयमा किसानहरुले अहिले आलुखेती गरेर मनग्य आम्दानी गरेर घरखर्च धानिरहेका छन । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वय इकाई आलु सुपरजोनले आर्थिक, प्राविधिक, तथा यन्त्र उपकरणमा सहयोग गरेपछि जिल्लामा १७ सय ९१ रोपनिमा कृषकहरुले आलुखेति गरिरहेको आलु सुपरजोन डडेल्धुराले जनाएको छ ।

स्थानीय सरकारसहित तीनै पक्षको सहयोगले परम्परागत खेतीमा सिमित किसानहरुले अहिले आलुखेतीको सुरुवात गरेका छन । तर व्यवसायिक आलु खेती गर्ने कृषकहरुले वर्षेनी आलुमा लाग्ने रोगको जोखिम मोल्दै आउनु परेको छ । आलुखेती लगायत तरकारीखेति गर्ने किसानलाई सहयोग गर्ने जनप्रतिनिधिको भनाई छ ।

अहिले जिल्लामै बिउ आलुसमेत कृषकले उत्पादन गर्ने गर्न थालेपछि गन्यापधुरा गाउँपालिकाको जर्मना, रुवाखोला, भात्काँडा, अमरगढी नगरपालिकाको तडिबटा, फिन्नेकोट, पोखरा, सल्लागाउँ लगायका क्षेत्रमा स्थानीय किसानले अर्गानिक आलु खेती गर्दै आएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);