इलाममा रोपाइँजात्रा आज भव्यताका साथ मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इलाममा रोपाइँजात्रा आज भव्यताका साथ मनाइयो

इलाम, १४ भदौ । इलाममा एक सय वर्ष देखि मनाईदै आएको मौलिक रोपाइँजात्रा आज भव्यताका साथ मनाईएको छ । स्थानीयहरुले रोपाहार र बाउँसे वनि पञ्चे बाजाको तालमा रोपाईको अभिनय गर्दै इलाम बजार परिक्रमा गरी यो पर्व मनाएका हुन् ।

राणा शासनका वेला इलामका तात्कालीन बडाहाकिम गजराजसिंह थापाले वि.स १९७२ मा रोपाइँजात्रा शुरु गरेका थिए । जनैपुर्णिमा सकिएपछि कृष्णाजन्माष्टमी आउनु अघिको बिहीबार पारेर इलाम सदरमुकाममा रोपाइँजात्रा निकालिने प्रचलन रहँदै आएको छ ।

नेवार समुदायमा यो गठेमंगले मनाएपछि अन्य चाडपर्वको आगमन हुने विश्वास रहँदै आएको छ । जिल्लाको पर्यटन प्रवद्र्धनसँगै मौलिक संस्कृतिको संरक्षणमा यो जात्रा महत्वपुर्ण वन्दै आएको स्थानियहरुको भनाई छ ।

परम्परादेखि चलि आएको जात्रालाई अहिले भने नेपाल भाषा तथा संस्कृति समाजको अगुवाईमा प्रत्येक वर्ष निकालिने गरिन्छ । इलाम जिल्लाका अन्य क्षेत्रमा भने यो जात्रा बेग्ला–बेग्लै दिन पारेर निकानिले गरिन्छ । संगिनी, बालन लगायतका साँस्कृती झल्कने विभिन्न प्रस्तुती र लोकभाका कारण बिहीवार इलाम सदरमुकाम गुन्जायमान बनेको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);