गौरापर्व नजिकिएसँगै डडेल्धुरामा किनमेल गर्नेको भिड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डडेलधुरा, १४ भदौ । सात नम्वर प्रदेशकै महत्वपुर्ण ठुलो चाड मानिने गौरापर्व नजिकिदै जाँदा डडेल्धुरा बजारमा किनमेल गर्नेको भिड लागेको छ । गैरापर्वका लागि चाहिने पूजा पाठका सामाग्री, श्रृगार, कपडा, खाद्यान्न, गरगहना लगायतका सामान किन्नेहरुको यतिबेला बजारमा भिड लागेको हो ।

डडेलधुराको वागबजारमा अहिले गौरापर्वका लागि नयाँ कपडा, खाद्यान्न गरगहना, श्रृगार, पुजाको सामग्री किन्नेहरुको चहलपहल वढेको छ । केही दिन पहिलेसम्म प्रायः सुनसान रहेको डडेल्धुराको सदरमुकाममा अहिले ग्राहकको भिडभाड वढेको व्यापारीहरु बताउँछन्

डडेल्धुरा जिल्लाको सदरमुकामा रहेको वागबजार सात नम्वर प्रदेशका विभिन्न पहाडी जिल्लामा जाने प्रमुख प्रवेशद्धारको रुपमा पर्दछ । डडेल्धुरा वाहेकका जिल्लाका ग्राहक समेत अहिले सामग्री किनमेल गर्न आएको व्यापारीहरु बताउँछन् ।

अहिले डडेल्धुरा वागवजारमा मात्रै दैनिक करोडौ रुपैंयाँ वरावरको कारोवार हुने गरेको डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले जनाएको छ । तर, गत वर्षभन्दा अहिले महंगी वढेका कारण समान किन्नेमा भने समस्या भएको सर्वसाधरणहरुको भनाई छ ।

विगतका वर्षमा डडेल्धुराका यो बजारमा व्यापारीहरुले चाडपर्वका वेला राम्रो आन्दानी गर्दै आएका थिए । तर, अहिले गाउँ–गाउँमा यातायातको साधन पुगेकाले करोवारमा कमी आएको व्यापारीहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);