आज अन्तर्राष्ट्रिय बाघ दिवस, राष्ट्रपति र प्रधामन्त्रीद्वारा शुभकामना व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आज अन्तर्राष्ट्रिय बाघ दिवस, राष्ट्रपति र प्रधामन्त्रीद्वारा शुभकामना व्यक्त

bagha

काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संख्यालाई दोब्बर बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा आज भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले बाघ प्रकृतिको निशुल्क उपहार मात्र नभएको र प्रकृतिमा पाइने प्रजातिहरू मध्ये सबै भन्दा सुन्दर प्रजाति भएको बताउँदै २०२२ सम्ममा बाघको संख्यालाई दोब्बर बनाउन नेपाल सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेको बताउनुभयो ।

बाघलाई मात्रै बचाउन सके अरु धेरै प्रजातिलाई स्वतः बचाउन सकिन्छ भन्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा राज्यले वन्यजन्तुबाट पीडित परिवारलाई दिइने राहत रकमलाई समय सापेक्ष रुपमा वृद्धि गर्ने बताउनुभयो ।

त्यस्तै बाघ दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत राष्ट्रपति भण्डारीले बाघलगायतका लोपोन्मुख वन्यजन्तुको प्रभावकारी संरक्षण गर्न प्रण गर्ने दिन पनि भएकाले यसबाट बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्ने अपेक्षा गर्नुभएको छ ।

साथै उहाँले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला संघसंस्थाको महत्वपूर्ण योगदानको सराहना गुर्नभएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);