राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरी छलफल गर्न सरकारलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरी छलफल गर्न सरकारलाई निर्देशन

काठमाडौं, १३ साउन । संसदको विकास तथा प्रविधि समितिले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संसदमा पेश गरी छलफल गर्ने नीतिगत व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेको बैठकले आयोगको वार्षिक प्रतिवेदन संसदमा छलफल गर्ने नीतिगत व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको विकास तथा प्रविधि समितिका, सभापति, कल्याणी कुमारी खड्काले बताउनु भयो ।

त्यसैरी समितिले सूचना प्रविधिको युगमा पनि नेपाली नागरिकले भौतिक रुपमा उपस्थित भई सूचना लिनुपर्ने अवस्था रहकोले त्यसको अत्य गरी वेबसाइट, इमेल, इन्टरनेट मार्फत सूचना पाउने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगलाई निर्देशन दिएको छ ।

ताजा समाचार