शव व्यवस्थापनमा अवरोध नगर्न मानव अधिकार आयोगको आग्रह (विज्ञप्तिसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

शव व्यवस्थापनमा अवरोध नगर्न मानव अधिकार आयोगको आग्रह (विज्ञप्तिसहित)

corona shab

काठमाडौं, १२ असार । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा अवरोध नगर्न आग्रह गरेको छ । कास्कीको पोखरा महानगरपालिका–३२ मा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको क्रममा सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधिहरु तथा बासिन्दाहरुबीच भएको झडपको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव स्थानीयसँग समन्वय नै नगरी बस्तीको नजिक व्यवस्थापन गर्न लागेको भन्दै स्थानीयले अवरोध गरेको र स्थानीयको अवरोधका बीच पनि सुरक्षाकर्मीहरुबाट बल प्रयोग गरी शव व्यवस्थापन गर्ने क्रममा स्थिति तनाबपूर्ण भएको आयोगको अनुगमनबाट देखिएको छ।

त्यस्तै आयोगले कुनै पनि व्यक्तिको मृत्युपश्चात् आफ्नो धर्म, संस्कृति तथा परम्पराअनुसार शवको अन्त्येष्टि गरिनुपर्ने अधिकारको राष्ट्रिय कानूनका साथै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय कानूनहरुले समेत प्रत्याभूति गरेको कुरा जनाएको छ ।

आयोगले थप भएको छ, ‘अतः कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको सम्मानजनक रुपमा शव व्यवस्थापन कार्यविधिको प्रभावकारी कार्यान्वयनमा स्थानीय निकायसँग समन्वय गर्दै अगाडि बढ्ने वातावरणको सिर्जना गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ’ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);