काठमाडौं, १२ असार । नेपालको जनसंख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्यांङक विभागको जनसंख्याको घडीअनुसार नेपालको जनसंख्या तीन करोड नाघेको हो । विभागको जनसंख्या घडीमा शुक्रबार नेपालको जनसंख्या ३ करोड ६सय ३४ जना देखाइएको हो ।
विभागका अनुसार यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या हो । उक्त घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको हो । घडीले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको आधारमा जनसंख्या देखाएको विभागले जनाएको छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ५४ हजार ५सय ४ रहेको थियो ।
१२ औं राष्ट्रिय जनगणना २०७८ असारमा हुँदैछ । नेपालमा दैनिक जनसंख्या वृद्धि एक हजारदेखि एक हजार एक सय रहेको विभागले जनाएको छ ।




