रोल्पाको होलेरी बजारमा बर्षौदेखि खानेपानीको समस्या जस्ताको तस्तै | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

रोल्पाको होलेरी बजारमा बर्षौदेखि खानेपानीको समस्या जस्ताको तस्तै

lake of drinking water

काठमाडौं, ७ जेठ । सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पाको होलेरी बजारमा बर्षौदेखि खानेपानीको समस्या जस्ताको तस्तै छ । होलेरीबाट शुरूवात भएको आन्दोलनले मुलुकमा धेरै परिवर्तन ल्यायो ।

रोल्पाली नेताहरुले सरकारको नेतृत्व धेरै पटक सम्हाले । तर होलेरीबासीले भने अहिलेसम्म पनि खानेपानीको सुबिधा पाउन सकेका छैनन् । एक गाग्रो पानीका लागि दिनभर कुर्नुपर्ने कि त २ घन्टाको बाटो हिडेर पानी बोक्नु पर्ने स्थानीयको बाध्यता रहेको छ ।

खानेपानीको समस्याका बारेमा सरोकारवाला निकायलाई जानकारी गराउदासमेत कुनै सुनुवाइ नभएको गुनासो स्थानीयको छ । मुलुक गणतन्त्र देखि संघियतामा पुग्दासमेत खानेपानीको समस्या समाधान नहुँदा होलेरीबासीलाई जुन जोगी आए पनि कानै चिरेको भने जस्तै भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);