त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घण्टा सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घण्टा सञ्चालन

tribhuban international airport

काठमाडौं, ७ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घण्टा सञ्चालन गरिने भएको छ ।

यात्रुलाई सहजरुपमा सेवा दिन भन्दै विमानस्थल आजदेखि दैनिक २१ घण्टा सञ्चालन गरिने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले विहान ६ बजेदेखि भोलिपल्ट विहान ३ बजेसम्म विमानस्थल सञ्चालन गरिने बताएको छ । अब विमानस्थल विहान ३ बजेदेखि ६ बजेसम्म मात्र बन्द रहने छ । विमानस्थल दैनिक २१ घण्टा सञ्चालनका लागि आवश्यक तयारी पूरा गरिएको प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जानकारी दिए ।

यात्रुको बढ्दो चापलाई व्यवस्थापन गर्न र ट्राफिक जामको समस्या हटाउन विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागेको प्राधिकरणले जनाएको छ । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अहिले आन्तरिक र अन्र्तराष्ट्रिय गरी दैनिक ४ सय ५० उडान हुने गरेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आफ्नो सय दिने कार्ययोजनामार्फत विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);