ऋण तिर्न २४ घण्टा काम गर्छन् नेपाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ऋण तिर्न २४ घण्टा काम गर्छन् नेपाली

malesia kaamdar

काठमाडौं, ५ पुस । मलेसिया कामदार पठाउने सम्बन्धमा बिचौलियाको चलखेलले नेपालबाट कामदार जाने प्रक्रिया रोकिएका बेला मलेसियाले भने कामदारसँग पैसा असुल्ने एजेन्टको खोजी गर्ने अभियान सुरु गरेको छ ।

शून्य लागतमा कामदार मलेसिया पठाउने सरकारी निर्णयविरुद्ध नेपाली बिचौलिया सक्रिय भइरहेका बेला मलेसियाले भने आफ्नो देशमा यस्ता एजेन्ट न्यूनीकरण गर्ने अभियान सुरु गरेको हो । मलेसियाले विदेशी कामदार भर्ना प्रक्रियाको बहानामा एजेन्टले लिँदै आएको शुल्क नियन्त्रण गरी शून्य लागतका विभिन्न कार्यक्रम सुरु गरेको छ । यसका लागि मलेसिया सरकारले त्यहाँका रोजगारदातालाई अबैध एजेन्ट मार्फत कामदार नलिन अनुरोधसमेत गर्न थालेको छ । मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरनले एजेन्टले लिने शुल्कलाई अझ कडाइका साथ अनुगमन गर्न रोजगारदातासँग अनुरोध गर्ने अभियान सुरु गरेका छन् । मलेसिया आउने विदेशी कामदारले एजेन्टलाई बुझाउन ठूलो परिमाणमा रकम बुझाउने गरेको जनाउँदै कामदारसँग धेरै पैसा असुल्ने एजेन्टलाई नियन्त्रण गर्न सुरु गरिएको छ ।

नेपालबाट शून्यलागतमा कामदार लान मलेसियाले हालै कामदार लिनेबारे नेपालसँग सम्झौता गरेको थियो । मलेसियाको मलायामेल अनलाइनले रोयट्सलाई उधृत गदै मानव संसाधन मन्त्री कुलाशेगरनले मानब तस्करी र श्रमिकमाथि हुने शोषण रोक्नका लागि एजेन्ट प्रणाली खारेज गरेर छोड्ने जनाएको छ । “विदेशी कामदारहरूसँग धेरै पैसा लिएका कारण उनीहरू ऋण तिर्न यो देशमा बन्धनको स्थितिमा हुनुहुँदैन,” उनले भनेका छन्, “पैसा फिर्ता गर्नका लागि जतिसक्दो चाँडो दोषी पक्राउ गर्नुपर्छ ।” यता नेपालको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि मलेसिया कामदार पठाउने सम्बन्धमा भएका पछिल्ला घटनाक्रमलाई हेरेर निर्णय गर्ने जनाएको छ ।

सम्झौताअनुसार अक्टुबर २९ देखि नेपाली कामदार जिटुजीमार्फत मलेसिया जाने कुरा भएको थियो । मलेसियाका रोजगारदाताले भर्ना शुल्क, हवाई टिकट र भिसा तथा स्वास्थ्य परीक्षण शुल्क बिना नै कामदार माग गर्ने जनाउँदै आए पनि मलेसिया र नेपालका एजेन्ट सक्रिय भएको देखिन्छ । मलेसियाका मन्त्री कुलाशेगरनले बंगलादेश, इन्डोनेसिया र भियतनामबाट आउने कामदार पनि नेपाल सरकारसँग गरे जस्तै श्रम सम्झौताअनुसार ल्याउने तयारी गरिहेको बताए । मलेसियामा सबैभन्दा बढी बंगलादेश, इन्डोनेसिया र नेपालका झन्डै २० लाख दर्ता रहेका कामदार कार्यरत छन् । यसबाहेक १० लाखको हाराहारीमा बिना दर्तामा रहेका कामदार छन् ।

मलेसियाका ठूला रोजगारदाता शून्य लागतको पक्षमा

मलेसियाको ठूला रोजगारदाता कम्पनीहरूले समेत एजेन्टलाई धेरै पैसा तिर्नु परेका कारण विदेशी कामदारले ऋण तिर्न लामो समय काम गर्नु परेको बताउँदै आएका छन् । श्रम अधिकारकर्मीले विगत ५ वर्षदेखि मलेसिया सरकारलाई उजेन्ट निर्मूल गर्न माग राख्दै आएका छन । अवैध शुल्क उठाउने एजेन्टका कारण मलेसिया जाने विदेशी कामदारले अभैm पनि २० हजार रिंगेटसम्म तिर्नुपरेको अवस्था छ ।
मलेसिया सरकारले लामो समयदेखि भष्ट्राचारीसँग आबद्ध रहेका भनिएका कामदार आफुर्ति एजेन्टलाई खारेज गरिरहेको छ । उच्च भर्ना शुल्क भनेको कामदार सधैँ चेपुवामा पर्ने गरेका छन् ।

ऋण छिटो तिर्न नेपाली कामदारहरू स्वास्थ्यलाई नै असर पर्ने गरी लामो समयसम्म ऋणी मजदुरको रूपमा काम गरिरहेको सो अनलाइनले बताएको छ । मन्त्री कुलाशेगरनले मलेसियामा सञ्चालनमा रहेका ठूला कम्पनीहरूलाई विदेशी कामदारको श्रम शोषण नगर्ने निश्चितता गर्ने विषयमा नेतृत्व गर्न अनुरोध गरेका छन् । मलेसियामा रहेका २ ठूला इलेक्टोनिक कम्पनी सामसङ र पानासोनिकलगातका केही कम्पनीले अवैध एजेन्टसँग सम्बन्ध नराख्ने जनाएका छन् । यो खबर आजको कारोबार दैनिक पत्रिकाकामा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);