मनिषा कोइरालाको आत्मवृत्तान्त ‘हिल्ड’ आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

मनिषा कोइरालाको आत्मवृत्तान्त ‘हिल्ड’ आउँदै

manisha koirala

काठमाडौं, ५ पुस । बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मवृत्तान्त ‘हिल्ड’ यही पुसमा बजारमा आउने भएको छ । कोइरालाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो आत्मवृत्तान्त बजारमा आउन लागेको जानकारी गराइन् ।

क्यान्सरविरुद्धको लडाईँको विषय समेटिएको सो पुस्तक सबैका लागि उपयोगी हुने विश्वासका साथ आफूले पुस्तक लेख्नु परेको उनको भनाई छ । पुस्तकमा क्यान्सर रोग निदानका लागि आफूले कसरी शारिरीक, मानसिक तथा संवेगात्मक लडाई लड्नु प-यो भन्ने विषय समेटिएको कोइरालाले जानकारी दिइन् ।

पुसमा आयोजना हुने लिटिरेचन फेष्टिबलमा अभिनेत्री कोइरालाको सो पुस्तक विमोचन गर्ने कार्यक्रम तय गरिएको छ । नेपालका लागि सो पुस्तक फाईन प्रिन्टले बजारमा ल्याउन लागेको हो । भारतमा यो पुस्तक पेन्गुईन इन्डियाले प्रकाशन गरेको छ । अभिनेत्री कोइरालाले भारतीय लेखक निलम कुमारसँगको सहकार्यमा यो पुस्तक तयार पारेकी हुन् ।  यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);