गोपीको ट्रेलर सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

गोपीको ट्रेलर सार्वजनिक

gopi

काठमाडौं, ५ पुस । गोपी फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको कथा र निर्देशनमा बनेको फिल्मको बुधबार राजधानीमा प्रेसमिट गरी ट्रेलर प्रदर्शन गरिएको हो ।

उच्च शिक्षा हासिल गरेको एक युवाले स्वदेशमै गाईपालन गरेको विषयमा निर्माण गरिएको फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, भोलाराज सापकोटा,प्रकाश घिमिरे, अंकित खड्कालगायत बालकलाकार स्वर्णिम पौडेलले अभिनय गरेका छन् । सामीप्यराज तिमिल्सिनाको पटकथा र संवाद रहेको फिल्मको निर्माता आरोही केसी र कार्यकारी निर्माता फोटोपत्रकार श्रीधर पौडेल हुन् ।

माघ १८ गते प्रदर्शन हुने फिल्मको ट्रेलर करिब तीन मिनेट लामो छ । ट्रेलरमा फिल्मका सबै प्रमुख कलाकारलाई समावेश गरिएको छ । कार्यक्रममा निर्देशक लामाले गोपी स्वदेशमै केही गर्न खोज्ने जागरुक युवाको कथा भएको प्रस्ट्याए । उनले फिल्ममा भरपुर मनोरञ्जनका साथै युवावर्गलाई उत्प्रेरणा जगाउने खुराकसमेत रहेको दाबी गरे । लेखक तिमिल्सिनाले चलिरहेका व्यावसायिक फिल्मभन्दा गोपी हरेक कोणबाट भिन्न रहेको बताए ।

उनको फिल्मले मनोरञ्जन दिनुका साथै सन्देशसमेत प्रवाह गरेको उल्लेख गरे । निर्माता पक्षका मणिकर्ण केसीले आफू नेपाली फिल्मप्रेमी भएकाले नेपाली माटोको कथामा लगानी गरेको बताए । उनले सबैलाई फिल्म हेरिदिनु आग्रह गरे । शैलेन्द्रध्वज कार्कीले खिचेको फिल्मका गीतमा न्ह्यु बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);