सगरमाथाको आधार क्षेत्रका जनतालाई शिक्षा र स्वास्थ्यको व्यवस्था गर्न मनिषाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सगरमाथाको आधार क्षेत्रका जनतालाई शिक्षा र स्वास्थ्यको व्यवस्था गर्न मनिषाको आग्रह

काठमाडौं, ५ बैशाख । चर्चित भारतीय अभिनेत्री मनिषा कोइरालाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार क्षेत्रमा जनतालाई शिक्षा र स्वास्थ्य सेवाको उचित व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेकी छन् ।

सगरमाथा बेस क्याम्पको ट्रेकिङ सम्पन्न गरी काठमाडौं आई पुगेकी उनले बिहीबार काठकाडौंमा पत्रकार सम्मेलन गरी शिक्षा र स्वास्थ्य सेवाको अभावमा रहेका त्यस क्षेत्रका बासिन्दाका लागि आवश्यक व्यवस्था गरिदिन सरकारलाई आग्रह गरिन् ।

अभिनेत्री कोइरालाले सगरमाथा बेस क्याम्पको ट्रेकिङको क्रममा स्थानीय बासिन्दाबाट आफूले ठूलो सहयोग पाएको बताइन् । तर सगरमाथा जानेहरुलाई जति सहयोग गरेपनि उनीहरुले भने स्वास्थ्य सेवा पाउने अवस्था समेत नभएकोमा आफूलाई दुःख लागेको अभिनेत्री कोइरालाको भनाई छ । अभिनेत्री कोइराला दुई जना भारतीय साथीहरुका साथ सगरमाथाको बेस क्याम्प ट्रेकिङमा पुगेकि थिइन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);