बढ्दो प्रदूषणले ४० प्रतिशत भारतीयको नौ वर्ष आयु घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बढ्दो प्रदूषणले ४० प्रतिशत भारतीयको नौ वर्ष आयु घट्यो

delhi-pollution

एजेन्सी । भारतमा वायु प्रदूषणका कारण ४० प्रतिशत भारतीयको औसत आयु नौ वर्ष घट्ने देखिएको छ । अमेरिकी अनुसन्धानकर्ताहरुको एक समूहले सार्वजनिक गरेको एउटा अध्ययन प्रतिवेदनमा यस्तो जानाकारी दिइएको हो ।

मध्य, पूर्वी र उत्तरी भारतसहित राजधानी नयाँ दिल्लीमा बस्ने ४८ लाख भारतीय उच्च प्रदूषणको जोखिममा रहेको सिकागो विश्वविद्यालयका विज्ञहरुको अध्ययनमा उल्लेख छ । ‘भारतको उच्च तहको प्रदूषण भौगोलिक रुपमा झनै विस्तार भइरहेको छ,’ अध्ययनमा भनिएको छ ।

अध्ययनअनुसार महाराष्ट्र र मध्यप्रदेशमा वातावरण प्रदूषणले विकराल रुप लिएको छ । बढ्दो प्रदूषण तह नियन्त्रण गर्न सन् २०१९ मा भारतमा राष्ट्रिय स्वच्छ हावा कार्यक्रम (एनसीएपी) सुरु गरिएको थियो । कार्यक्रमले भारतका समग्र मानिसको औसत आयु १ दशमलब ७ प्रतिशत बढाउने लक्ष्य लिएको छ ।

तर, बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरण, अशिक्षा तथा उचित दण्ड–सजायको अभावमा प्रदूषण नियन्त्रणका प्रयास सफल हुन सकेका छैनन् । एनसीएपीले सबैभन्दा बढी प्रदूषित सहरको प्रदूषण तह सन् २०२४ सम्ममा ३० प्रतिशतले घटाउने लक्ष्य लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);