बोडेका ४७ बर्षिय बुद्धकृष्ण वागले ७ औं पटक जिब्रो छेडे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बोडेका ४७ बर्षिय बुद्धकृष्ण वागले ७ औं पटक जिब्रो छेडे

भक्तपुर, २ बैशाख । भक्तपुर बोडेका बुद्धकृष्ण बाग श्रेष्ठले सातौं पल्ट जिब्रो छेडाएका छन् । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत प्रत्येक वैशाख २ गते मध्यपुरथिमि ८ बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । बोडे निवासी ४७ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४, ०७५ र ०७६मा गरी सातौँ पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

जिब्रो छेड्ने जात्रालाई जोगाउन बोडेबासीमध्येबाट पनि नेवार श्रेष्ठ थरकै व्यक्ति चाहिने परम्परा छ । जिब्रो छेडाउने व्यक्तिले तीन दिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइराखेको करिब १ फिट लामो सियोले जिब्रो छेड्ने चलन छ ।

जिब्रो छेड्नुअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । यसैगरी मध्यपुरथिमि क्षेत्रमा सोमबार हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये सिन्दुर जात्रा पनि प्रसिद्ध मानिन्छ ।

सिन्दुर जात्रालाई स्थानीय नेपाल भाषामा सुथः सिया भनिन्छ । एक आपसमा सिन्दुर दल्दै र छ्यापाछ्याप गरी मनाउनु यो जात्राको प्रमुख विशेषता हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);