भर्ना अभियान प्रजारबाजीमै सीमित : हजारौँ बालबालिका विद्यालय बाहिरै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भर्ना अभियान प्रजारबाजीमै सीमित : हजारौँ बालबालिका विद्यालय बाहिरै

oli bharna abhiyan

कविता कार्की
काठमाडौं, २२ असार । पहिलो चरणमा छुटेका बालबालिकालाई विद्यालय ल्याउन सुरु गरिएको दोस्रो चरणको भर्ना अभियान प्रचारबाजीमा मात्र सीमित भएको छ । सरकार स्वयंले कम महत्व दिएको अभियानमा शिक्षकहरुले समेत साथ नदिँदा अभियान प्रचारबाजीमा मात्र सीमित भएको हो ।

सरकारले निकै महत्व दिएर प्रचार गरेको विद्यालय भर्ना अभियानका क्रममा लक्षित सबै बालबालिका विद्यालय आएनन् । विद्यालय बाहिर रहेका ३ लाख १३ हजार २ सय ८९ बालबालिकामध्ये पहिलो चरणमा २ लाख ५३ हजार ५ सय ५६ विद्यार्थी मात्र विद्यालय आए । ती बालबालिकालाई विद्यालय ल्याउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली आफैंले मुगु र सप्तरी पुगेर बालबालिकाको अभिभावकत्व ग्रहण गरे । सरकारका मन्त्री र कतिपय नेताले समेत बालबालिकाको अभिभावकत्व ग्रहण गरेको तस्विर सामाजिक सञ्जालमा राखे ।

वैशाख २ गते सुरु गरिएको पहिलो चरणको भर्ना अभियानमा ठूलो प्रचारका वाबजुद् ५९ हजार ७ सय ३३ बालबालिका छुटे । त्यहि कारण सरकारले छुटेका बालबालिकालाई विद्यालय ल्याउन भन्दै दोस्रो चरणको भर्ना अभियान शुरु गर्‍यो । तर दोस्रो चरणको अभियानप्रति कसैले पनि चासो दिएको छैन । न त अभियान थालनी गरेको शिक्षा विभागले ध्यान दिएको छ न त शिक्षकहरु नै गम्भिर देखिएका छन् । शिक्षकहरुले त अभियानप्रति असन्तुष्टि जनाउँदै साथ दिन नसक्ने बताएका छन् ।

शिक्षविद्हरु समेत अभियान प्रचारबाजी मात्र भएको र बेमौसमको अभियानबाट भर्ना हुने बालबालिकाको संख्या नबढ्ने बताउँछन् । उनीहरु पठनपाठनको गुणस्तरलाई उपेक्षा गरी सरकार आफैं प्रचारबाजीमा केन्द्रीत भएकामा चिन्तित देखिएका छन् ।

तर, शिक्षा विभाग भने प्रचारबाजीका लागि नभइ छुटेका बालबालिकालाई विद्यालय ल्याउन दोस्रो चरणको भर्ना अभियान सुरु गरिएको र अभियानअन्तर्गत स्वयंसेवक परिचालन गरी घरघर पुगेर सर्वेक्षण फाराम भराउने काम भइरहेको बताउँछ । विभागले भदौ २१ गतेसम्म सबै बालबालिकालाई विद्यालय ल्याएर देखाउने दाबी गरेको छ ।

विद्यालय वाहिर रहेका बालबालिकामध्ये ६ हजारभन्दा बढी काठमाडौंकै हुन् । देशको राजधानीभित्रैका सबै बालबालिका विद्यालय नआएको अवस्थामा सरकार अभियान घोषणा गरेर मात्र रमाएकाले दोस्रो चरणको अभियान सफल हुन नसक्ने शिक्षक र शिक्षाविद्को भनाइलाई विभागले गम्भीरतापूर्वक लिन आवश्यक छ । साथै बेमौसमी अभियानको प्रचार गर्नुभन्दा सिकाइको स्तर सुधारका कार्यक्रमतिर विभागको ध्यान जान जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);