समान हैसियतविना पार्टी एकता नगर्न वाईसीएलद्वारा प्रचण्डलाई दबाब | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

समान हैसियतविना पार्टी एकता नगर्न वाईसीएलद्वारा प्रचण्डलाई दबाब

prachanda_deepsikha-ycl

काठमाडौं, २ बैशाख । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले समान हैसियतविना नेकपा एमालेसँग पार्टी एकता नगर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दबाब दिएको छ ।

वाइसिएलले आज पार्टी अध्यक्ष दाहाललाई उनकै निवास पुगेर ज्ञापनपत्र बुझाइ मुलुकमा राजनीतिक परिवर्तन हुनुमा माओवादीको ठूलो योगदान रहेको भन्दै समान हैसियत नपाएको अवस्थामा एमालेसँग एकता नगर्न दबाब दिएको हो ।

एमालेले माओवादी केन्द्रलाई ३५ प्रतिशतभन्दा बढी हैसियत दिन नसकिने बताएपछि पछिल्लो पटक दुई पार्टीबीचको एकता प्रक्रिया अवरुद्ध छ । वाइसीएलले एकीकृत पार्टीको विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्नुपर्ने अडान नछाड्न पनि दाहाललाई आग्रह गरेको छ ।

जवाफमा दाहालले आफूले जनयुद्धको सम्मान हुने गरी समान हैसियतमा पार्टी एकताका लागि पहल गरिरहेको बताएको वाईसीएलका नेताहरुले जानकारी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);