प्रधानमन्त्री भने-"जनतालाई सुखी बनाउने संकल्प लिएका छौें" | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

प्रधानमन्त्री भने-“जनतालाई सुखी बनाउने संकल्प लिएका छौें”

pm oli bhanai

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई सुखी बनाउने संकल्प लिएको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले सरकारको सो संकल्पलाई पूरा गर्न विभिन्न पेशक क्षेत्र र व्यवसायमा संलग्न सबैलाई साथ दिन पनि आह्वान गर्नु भयो । गणतन्त्र दिवसको अवसरमा बुधवार राजधानीको टुँडिखेलस्थित सैनिक मंचमा आयोजित विशेष समारोहमा उहाँले सरकारले जनताको जीवनस्तर उकास्ने, रोजगारीको अवसर सृजना गर्ने तथा उत्पादन वृद्धिमा जोड दिएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले आम जनताको कष्ट निराकरण गर्ने दिशामा परिलक्षित विकास आयोजनाहरु तीव्र गतिमा अघि बढेका दावी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जनताले प्राप्त गरेका उपलब्धिहरुलाई अस्वीकार गर्ने र ती उपलब्धिहरुको अपमान गर्ने व्यवहार लोकतान्त्रिक गणतन्त्रविरुद्धकै व्यवहार हुने समेत बताउनुभयो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरुको उपस्थिति रहेको समारोहमा हेलिकप्टरबाट गणतन्त्र लेखिएको व्यानरसहित पुष्पवृष्टि गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);