प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । प्रधानमन्त्री ओलीलाई बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सो विश्वविद्यालयका अध्यक्ष डा. शिनिल युनले राजनीतिक शास्त्रको मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्नु भएको हो ।

लोकतन्त्रको लागि उच्च योगदान गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई सो उपाधि प्रदान गरिएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ । सो उपाधि ग्रहण गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफूलाई दिएको सो मानार्थ उपाधि सिंगै मुलुक र जनताको सम्मानको रुपमा आफूले लिएको बताउनु भयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने पनि स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले सही नीति र दृष्टिकोण लिएर अघि बढेकाले मुलुक छोटो समयमै विकसित हुने दावी पनि गर्नु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);