प्रधानमन्त्री ओलीद्वारा एक्सन रुमको उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

प्रधानमन्त्री ओलीद्वारा एक्सन रुमको उद्घाटन

एक्सन रुमको उद्घाटन

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल डिजिटल युगतर्फ अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री कार्यलयमा आज तत्काल समस्या समाधानकक्ष (एक्सनरुम) को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

एक्सन रुम उद्घाटन गरेर प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग राज्य सञ्चालनका विविध पक्षमा संक्षिप्त कुराकानी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले एक्सन रुमले संघ र प्रदेशबीचको अन्तरक्रियामा सहज अवस्था आउने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाट सुशासन र विकासमा महत्वपूर्ण सहयोग हुने अपेक्षा लिएको बताउनुभएको छ । एक्सन रुम निर्माण भएपछि सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेन्स मार्फत एकै पटक छलफल गर्न, राष्ट्रिय गौरवका विकास प्रणाली जडान गरी अनुगमनको पनि अनुगमनलाई सार्थकता दिन सकिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);