प्रधानमन्त्री ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

प्रधानमन्त्री ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक

काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक भएको छ ।

शनिबार एक कार्यक्रमकाबीच राष्ट्रकवि माधवप्रसाद घिमिरे र सताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गर्नुभएको हो । आफ्नो ६९ औं जन्मदिनको अवसर पारेर प्रधानमन्त्री ओलीले पुस्तक सार्वजनिक गर्नुभएको हो ।

विमोचन कार्यक्रममा ओलीका बुवा पनि उपस्थित हुनुहुन्थ्यो । पुस्तकमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिका विषयमा गर्नुभएका सम्बोधनहरु समावेश रहेका छन् । २४० पृष्ठ रहेको पुस्तक रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);