‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तक सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तक सार्वजनिक

काठमाडौं, २९ साउन । वरिष्ठ पत्रकार भैरव रिसालद्वारा लिखित ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तक सार्वजनिक गरिएको छ । वरिष्ठ पत्रकार रिसालको ९१ औं जन्मदिनको अवसर पारेर मंगलबार काठमाडौंमा ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तक सार्वजनिक गरिएको हो ।

सिकाई समूह प्रालिले प्रकाशन गरेको पुस्तकमा २००७ सालदेखि २०७५ सालसम्मका प्रधानमन्त्री, मन्त्रीदेखि सांसदसम्मको नालावेली समेटिएको छ ।

पुस्तक सार्वजनिक समारोहमा बोल्दै प्राध्यापक कृष्ण खनालले पुस्तकले नेपालको इतिहासको समग्र पाटोलाई स्मरण गराएको प्रतिक्रिया दिए । उनले भावी पुस्तालाई नेपालको अतितको राजनीतिक संस्कार पनि पुस्तकले जानकारी गराउने विश्वास व्यक्त गरे ।

वरिष्ठ पत्रकार रिसाल र भरतराज पोखरेलले यस अघि पनि ‘नेपालका मन्त्रीहरु’ नामक पुस्तक लेखेका थिए । अध्ययनशील समाजका लागि उपयोगी अभिलेख हुन सक्ने ठानेर पुस्तक तयार पारिएको वरिष्ठ पत्रकार रिसालले बताए । पुस्तकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा हुँदाका महत्वपूर्ण एवम् ऐतिहासिक दस्तावेज पनि समावेश गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);