नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने सरकारको निर्णय

kamani raj bhandari

काठमाडौं, ३० साउन । सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रबन्ध निर्देशक राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए । २०७३ सालको असोजमा ३ वर्षको लागि प्रबन्ध निर्देशकमा नियुक्त भएकी कामिनी राजभण्डारीलाई केपी ओली नेतृत्वको सरकारले स्पष्टिकरण सोधेको थियो ।

तर उनले चित्तबुझ्दो जवाफ नदिएको भन्दै सरकारले बर्खास्त गरेको हो । टेलिकमको नाफा बढाउन नसकेको, गुणस्तर सुधारमा ध्यान नदिएको, फोर जी सेवा सञ्चालन गर्दा अनियमितता गरेको लगायतका आरोप उनिमाथि लाग्दै आएका थिए । बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति पुर्नगठन गर्ने निर्णय समेत गरेको छ ।

समितिमा डिल्लीराज घिमिरे, डा खड्क केसी, प्रा डा मिना बैद्य मल्ल, हरि फु¥याल, हिमालय थापा, डा शंकर शर्मा, भवानी राणा र लालबाबु यादबलाई ३ वर्षका लागि नियुक्त गर्ने निर्णय भएको मन्त्री बास्कोटाले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);