दक्षिण पूर्वी एशियाका गभर्नरहरु बिच भर्चुअल बैठक सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

दक्षिण पूर्वी एशियाका गभर्नरहरु बिच भर्चुअल बैठक सम्पन्न

काठमाडाैं, १७ मंसिर । दक्षिण पूर्वी एशियाका १९ केन्द्रीय बैंकका गभर्नर र प्रबन्ध निर्देशकहरुको ५६ औं उच्चस्तरिय समिनार तथा ४० औं बैठक आज सम्पन्न भएको छ । भर्चुअल प्रविधीका माध्यमबाट भएको सो बैठकले कोरोनाबाट प्रभावित सम्बन्धित मुलुकका आर्थिक कृयाकलापलाई सुधार गर्न संयुक्त प्रयास गर्ने बिषयमा सहमती जनाएको छ ।

बैठकमा सहभागी देशका केन्द्रीय बैंकका गभर्नरले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर र सोको न्यूनीकरणका लागि अवलम्बन गरिएका नीतिगत व्यवस्थाका सम्बन्धमा छलफल गरी साझा धारणा तय गरेको नेपाल राष्ट्र बैंक श्रोतले जनाएको छ । सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सहभागी भएका थिए । अथोरिटी मनिटरी ब्रुनई दारेसलामका प्रबन्ध निर्देशक याङ मुलिया डायान हजाह रोसिखस बिन्ती हाजी वदरको अध्यक्षतामा उक्त बैठक आयोजना गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, आगामी वर्षका लागि प्रस्तुत गरिएको नीतिगत प्रस्तावमाथिको छलफलमा सहभागी भएका थिए । बैठकमा कोभिडको असर कायमै रहँदासम्म यस्ता सभा, बैठक, सम्मेलन, तालीम, गोष्ठी भर्चुअल माध्यममार्फत नै निरन्तरता दिनुपर्नेमा सदस्यहरु बीच सहमती समेत बनेको छ ।

बैठकमा नेपाल राष्ट्र बैंकका तर्फबाट कार्यकारी निर्देशक, गभर्नरको कार्यालयका डा नेफिल मातङ्गी मास्के, आर्थिक अनुसन्धान विभागका डा गुणाकर भट्ट, जनशक्ति व्यवस्थापन विभागका रामु पौडेल तथा गभर्नरको कार्यालयका कामु निर्देशक नारायणप्रसाद पोखरेललगायत सहभागिता रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);