गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन नामक पुस्तक सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन नामक पुस्तक सार्वजनिक

ganeshman pustak bimochan

काठमाडौं, ९ कात्तिक । सर्वोच्च नेता गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु-याएको योगदानमा आधारित ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’ नामक पुस्तक प्रकाशन गरिएको छ ।

गणेशमान सिंह फाउन्डेशनले सर्वोच्च नेता सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु-याएको योगदानबारे भावी पुस्तालाई पनि जानकारी गराउने उद्देश्यका साथ सो पुस्तक प्रकाशन गरेको हो ।

शुक्रबार एक कार्यक्रमकाबीच काठमाडौंमा विमोचन गरिएको पुस्तकमा गणेशमान सिंहको त्यागको राजनीतिको पनि विशेष चर्चा गरिएको छ । इतिहासविद् डा. बद्रीनारायण गौतमद्धारा लिखित पुस्तकले राजनीतिमा बाटो बिराएकाहरुलाई सच्याउन प्रेरणा प्रदान गर्ने गणेशमान सिंह फाउन्डेशनका संरक्षक एवम् नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बताए।

उनले पुस्तकले नेपालको प्रजातान्त्रिक आन्दोलनका नेताहरुबारे जानकारी दिने विश्वास व्यक्त गरे । पुस्तकका लेखक डा. गौतमले पद, प्रतिष्ठा र सम्पत्तिको मोहमा राजनीति फस्दै गएका बेला सर्वोच्च नेता सिंहको त्याग र बलिदानीपूर्ण संघर्ष समेटिएको पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे ।

उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सिंहले पु-याएको योगदान भावी पुस्तालाई जानकारी गराउन पुस्तक आफूले खेलेको बताए ।  जहानियाँ राणा शासनको अन्त्यदेखि २०४६ सालको जनआन्दोलनको सफल नेतृत्व गरेका सर्वोच्च नेता सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु-याएको नेतृत्वदायी भूमिकाको समग्र पक्षलाई पुस्तकमा समेटिएको छ ।

ताजा समाचार