सत्तारुढ नेकपालाई वैधानिकता, ऋषि कट्टेलको उजुरी खारेज | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

सत्तारुढ नेकपालाई वैधानिकता, ऋषि कट्टेलको उजुरी खारेज

nekapa ekata

काठमाडौं, ९ कात्तिक । निर्वाचन आयोगले नाम विवाद टुंग्याउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामलाई वैधानिकता दिएको छ । तत्कालिन एमाले र माओवादीको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध गरेको थियो ।

कट्टेलले उक्त दलले आफ्नो दलको नामसँग जुध्ने गरी नाम राखेकाले नाम खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दालको इजलासले शुक्रबार दुई दलको फरक फरक अस्तित्व देखिएको भन्दै कट्टेलको निवेदन खारेज गर्ने फैसला गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);