मिडिया काउन्सिल विधेयक पास हुन नदिने देउवाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मिडिया काउन्सिल विधेयक पास हुन नदिने देउवाको चेतावनी

विराटनगर, ४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको मिडिया काउन्सिल सम्वन्धी विधेयक संसदमा पास हुन नदिने बताउनुभएको छ । शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाले मिडिया काउन्सिल सम्वन्धी विधेयकले प्रेसलाई कमजोर बनाउने भन्दै कुनै पनि हालतमा पनि पास हुन नदिने बताउनुभएको हो ।

उहाँले प्रेस र मानव अधिकार आयोग जस्ता संस्थाले स्वतन्त्र ढंगले काम गर्नूपर्ने भन्दै नेपाली कांग्रेसले यी दुई विधेयकको कडा रुपले प्रतिवाद गर्ने समेत बताउनुभयो । त्यसैगरी देउवाले सरकार गठन भएको डेढ वर्ष वितिसक्दा पनि उपलब्धिमूलक मुलुक काम गर्न नसकेको आरोप समेत लगाउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);