सरकारले मिडिया काउन्सिल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने कांग्रेसको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सरकारले मिडिया काउन्सिल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने कांग्रेसको चेतावनी

sher bahadur deuwa

काठमाडौं, ४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मिडिया काउन्सिल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख संग समय लिएर बोल्दै सभापति देउवाले मिडिया काउन्सिल सम्बन्धि विधेयक प्रतातन्त्र र लोकतन्त्र बिरोधी रहेको भन्दै यसले संविधान प्रदत्त वाक तथा अभिब्यक्ति स्वतन्त्रता हनन गर्ने उल्लेख गर्नुभयो । उहाँले विधेयक फिर्ता नलिए त्यस विरुद्ध आन्दोलन गर्ने चेताबनी दिनुभयो ।

संसदमा प्रमुख बिपक्षी दलका नेता समेत रहनु भएका देउवाले मंगलवार आफूले संसदमा बोल्न नपाएको प्रति आपत्ति समेत जनाउनुभयो । उहाँले बिपक्षी दलका नेता संसदमा बोल्दा प्रधानमन्त्री उपस्थित हुनु पर्नेमा त्यसो नगरेर प्रधानमन्त्रीले विपक्षी दललाई हेप्ने गरेको आरोप समेत लगाउनुभयो । देउवाले प्रधानमन्त्रीको विदेश भ्रमण असफल भएको दाबी समेत गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);