ओली उल्टो बाटो हिँडीरहेका छन्, पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउनु पर्छ : हरिबोल गजुरेल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ओली उल्टो बाटो हिँडीरहेका छन्, पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउनु पर्छ : हरिबोल गजुरेल (भिडियोसहित)

kharo prashna with haribol gajurel

काठमाडौं, ४ असार । सरकारले विवादित गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ । संगै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अपरान्ह पत्रकार सम्मेलन गरेर काँग्रेसले आफूलाई संसदमा बोल्न नदिएर अत्यन्तै असंसदीय तथा अमर्यादित व्यवहार देखाएको टिप्पणी गर्नु भएको छ । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले जनताले खोजेको एउटा कुरा र पार्टीले दिन खोजेको अर्कै कुरा भएको र त्यसैले कुरा नमिलेको बताउनु भयो । उहाँले संगठन परिचालित नभएकोले सरकारको काम प्रभावकारी नभएको प्रस्ट पार्नु भयो । त्यसैले गजुरेलले अहिले सरकारलाई सहयोग र आलोचना गर्ने ठाउँ नभएको बताउनु भयो ।  यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता केदार कोइरालाले नेकपा नेता हरिबोल गजुरेलसंग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);