काठमाडौं, ३० जेठ । दुई तिहाईको कम्युनिष्ट सरकारले सत्ता सम्हालिरहेको छ । सरकारका गतिबिधिहरु दिन दिनै विवादास्पद बन्दै गईरहेको छ । आम नागरिक सरकारबाट निराश हुँदै गईरहेका हुन् कि भन्ने आभास हुन थालेको छ । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा कुरा गर्दै सीपि गजुरेलले ओली र प्रचण्ड कम्युनिष्ट नभएको बताउनु भयो । गजुरेलले उहाँहरु संग कम्युनिष्टको कुनै पनि विचार, सिद्दान्त र व्यवहार नभएपछि कसरी कम्युनिष्ट भन्ने भनेर तर्क गर्नु भयो । नेता गजुरेलले यो संविधान असफल भईसकेको पनि बताउनु भयो । उहाँले यो व्यवस्थालाई सडक आन्दोलनबाट फाल्ने बेला भएको र आफुहरु त्यसैको तयारीमा रहेको बताउनु भयो । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता केदार कोइरालाले देशभक्त जन गणतान्त्रिक मोर्चाका संयोजक सीपि गजुरेलसंग गरेको कुराकानी हेर्नुहोस् :




