विषादी परीक्षणको निहुँमा भारतले नेपालमा नाकाबन्दी लगाउन सक्छ, नेपाल सरकार सचेत रहनुपर्छ : (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

विषादी परीक्षणको निहुँमा भारतले नेपालमा नाकाबन्दी लगाउन सक्छ, नेपाल सरकार सचेत रहनुपर्छ : (भिडियोसहित)

shadya bahadur bhandari

काठमाडौं, २५ असार । लोकतन्त्रको परिभाषा हरेक मुलुकले र जनताले आआफ्नै ढंगबाट गर्ने गर्दछन् । लोकतन्त्र प्राप्तिको लागि विश्वका धेरै शक्तिशाली मुलुकहरुले त्याग, बलिदान र संघर्ष गरेका छन् । हामीले छिटो छिटो परिवर्तनहरु स्वीकार गर्यौ र लोकतन्त्र हासिल पनि गर्यौ । तर हामीले लोकतन्त्रको मर्म बुझ्न सकेनौ कि भन्ने प्रश्न यति बेला उठ्न थालेको छ । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता साध्यबहादुर भण्डारीले लोकतन्त्रको अभ्यासमा चरम विकृतिहरु देखा परेको बताउनु भयो । उहाँले जनताले प्राप्त गरेको लोकतन्त्रलाई सफा गर्न फेरी पनि संघर्षपूर्ण बाटो अंगाल्न पर्ने हो कि भन्ने कुरा उठेको पनि बताउनु भयो । नेता भण्डारीले लोकतन्त्रलाई समाप्त गर्ने त्यस्तो शक्ति नेपालमा नभएको पनि बताउनु भयो । यी र यस्तै विषयमा प्रस्तोता केदार कोइरालाले नेकपा नेता साध्यबहादुर भण्डारीसंग गरेको कुराकानी हेर्नुहोस् :