बैंकहरुलाई जवरजस्ती मर्जरमा लैजानु भनेको देशलाई आर्थिक संकटमा धकेल्नु हो : डा. चन्द्रमणि अधिकारी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

बैंकहरुलाई जवरजस्ती मर्जरमा लैजानु भनेको देशलाई आर्थिक संकटमा धकेल्नु हो : डा. चन्द्रमणि अधिकारी (भिडियोसहित)

kharo prashna with chandramani adhikari

काठमाडौं, १९ असार । नेपाली अर्थ जगतमा अहिले बैंक मर्जरको कुराले चर्चा पाएको छ । नेपाल राष्ट्र बैंकले फोर्स मर्जर गर्न खोज्यो भन्ने आरोप पनि लागेको छ । राष्ट्र बैंकले बैंकहरुलाई किन मर्जर गर्न खोज्यो, किन गाभ्न खोज्यो भन्ने प्रश्नहरु उठिरहेका छन् । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा कुरा गर्दै अर्थ राजनीतिक विश्लेषक डा. चन्द्रमणि अधिकारीले मर्जर हुनु नराम्रो होइन तर मर्जर के-का लागि र त्यसबाट के प्राप्त गर्न खोजेको हो भन्ने कुरा महत्वपूर्ण रहेको बताउनु भयो । डा. अधिकारीले मर्जरको विषयमा यस्तो हचुवा निर्णय गर्न नहुने बताउनु भयो । उहाँले धेरै त्यस्ता नीतिगत निर्णय हुन्छन तर कार्यान्वयनमा जान नसकेको बताउनु भयो । ठुलो हुँदैमा राम्रो हुँदैन त्यसैले फोर्स मर्जर गर्दा त्यसको परिणामहरु के होला भन्ने राम्रो अध्ययन गर्नु पर्ने पनि उहाँले बताउनु भयो । यी र यस्तै विषयमा प्रस्तोता केदार कोइरालाले डा. चन्द्रमणि अधिकारीसंग गरेको कुराकानी हेर्नुहोस् :