कांग्रेसले कुनै पनि हालतमा मिडिया काउन्सिल विधेयक पास हुन दिन्न : रामचन्द्र पौडेल | ईमाउण्टेन समाचार

Our Network

भदौ ६ २०८३, आइतबार

कांग्रेसले कुनै पनि हालतमा मिडिया काउन्सिल विधेयक पास हुन दिन्न : रामचन्द्र पौडेल

ramchandra poudel

कैलाली, ८ जेठ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मिडिया काउन्सिल विधेयकको नेपाली कांग्रेसले खुलेर विरोध गर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सरकारका असफलताहरु मिडियामा छर्लंग रुपमा आउन थालेकाले मिडियालाई नियन्त्रण गर्ने नीति सरकारले लिएको भन्दै कांग्रेसले कुनै पनि हालतमा मिडिया काउन्सिल विधेयक पास गर्न नदिने चेतावनी दिनुभयो । बरिष्ठ नेता पौडेल पार्टी जागरण अभियानका शिलशिलामा सुदूरपश्चिमका विभिन्न ६ जिल्लाका कार्यक्रममा सहभागी हुने पार्टीले जनाएको छ ।

ताजा समाचार