युनेस्कोको चेतावनीपछि तिलगंगादेखि गुहेश्वरी जोड्ने सडक बन्द गरियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

युनेस्कोको चेतावनीपछि तिलगंगादेखि गुहेश्वरी जोड्ने सडक बन्द गरियो

सिता शर्मा
काठमाडौं, ८ जेठ । पशुपति क्षेत्र भित्र पर्ने तिलगंगा-ताम्रगंगा सडकमा वृक्षारोपण गरिएको छ । लामो विवादपछि पशुपति विकास कोषले बन्द गर्न लागेको उक्त सडकलाई पुनः हरियाली बनाउने भन्दै स्थानीय र अभियान्ताहरु वृक्षारोपणमा जुटेका हुन् ।

तिलगंगा-ताम्रगंगा सडकका कारण पशुपति क्षेत्र दुई भागमा विभाजित बनेको थियो । पशुपति क्षेत्र सडकका कारण दुई भागमा विभाजीत भएका भन्दै विश्व सम्पदा सूचीबाट हटाउने युनेस्कोको चेतावनी र अभियन्ताहरुको दबावपछि पशुपति विकास कोषले सडक बन्द गर्न लागेको हो ।

आफुहरुले वर्षौदेखि प्रयोग गरेको सडक बन्द गर्न लागिएको भन्दै कागेश्वरी मनहरा नगरपालिकाका जनप्रतिनिधि र स्थानीयहरु कोषको निर्णय विरुद्ध उत्रिए । धार्मिक र प्राकृतिक ऐतिहासिक सम्पदा पशुपति क्षेत्रलाई नै असर पर्ने गरी बनाइएको यो सडक बन्द गर्न सर्वाेच्चले नै आदेश दिएकाले सडकमा पर्खाल लगाएर बन्द गर्न लागिएको पशुपति विकास कोषले जनाएको छ ।

तिलगंगादेखि गुहेश्वरी जोड्ने करिब ६ सय मिटर लामो यो सडक २०६४ सालमा बनाइएको थियो । पशुपति विकास कोषको विरोधकाबीच पनि राजनीतिक पहुँचका आधारमा बनाइएको यो सडक निर्माणका क्रममा करिब ६ सय भन्दा बढी रुख मासिएका थिए ।

त्यसैले यो क्षेत्रलाई पहिले कै अवस्थामा ल्याउने भन्दै काठमाडौ महानगरपालिका वडा न ८ का स्थानीय र सम्पदा संरक्षणमा लागेका अभियन्ताहरुले बुधबार सडकमा एक सय कपुर र फलफुलका विरुवा वृक्षारोपण गरेका हुन् ।

सडकको अनुगमनमा गएकी काठमाडौ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले पशुपति विकास कोषका प्रशासकीय अधिकृत गौरी पराजुुलीलाई कपुरको विरुवा हस्तान्तरण गरी सडकलाई पुनः वन बनाउन आग्रह गरेकी थिइन् । खड्गीले सडक बन्द गर्ने विकास कोषको निर्णय निकै सकारात्मक रहेको बताइन् ।

सडक बन्द गरिएसंगै पशुपति क्षेत्रमा बढेको विकृति र फोहोरको अन्त्य हुने विश्वास गरिएको छ । पशुपति क्षेत्रको सडक बन्द गरिएपछि विकल्पका रुपमा मित्रपार्क, उमाकुण्ड र गौरीघाट सडक प्रयोग गर्न सकिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);