पाँचथर विभत्स हत्याकाण्ड: ज्यान जोगाउन सफल घाइते बालिकाको सम्पूर्ण उपचार सरकारले व्यहोर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पाँचथर विभत्स हत्याकाण्ड: ज्यान जोगाउन सफल घाइते बालिकाको सम्पूर्ण उपचार सरकारले व्यहोर्ने

sita khajum

काठमाडौं, ८ जेठ । पाँचथरको मिक्लाजुङ गाँउपालिका आरुबोटेमा भएको विभत्स हत्याकाण्डमा ज्यान जोगाउन सफल घाइते बालिकाको सम्पूर्ण उपचारको व्यवस्था प्रदेश १ सरकारले गर्ने भएको छ ।

विराटनगरस्थित मन्त्रालयको कार्यालयद्धारा जारी विज्ञप्तीमा क्रुर र बर्बरतापूर्वक भएको घटनामा घाइते भएर उपचार गराइरहेकी १२ वर्षकी सीता खजुमको उपचार व्यवस्था सरकारले व्यहोर्ने भएको हो । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तीमा यस अपराधिक, अमानवीय तथा निन्दनीय हत्याले स्तब्ध भएको जनाइएको छ ।

घटनामा संलग्न अपराधीलाई कानूनको दायरा ल्याएर कारवाही गर्ने प्रतिबद्धता जाहेर गरेको सरकारले घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय, प्रमुख जिल्ला अधिकारी, केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्लास्थित सुरक्षा निकाय, तथा तालिम प्राप्त कुकुरसहितको टोलीलाई आवश्यक निर्देशन दिदैं घटनास्थलतर्फ परिचालन गरिएको जनाएको छ ।

सोमबार राति आरुबोटेमा बमबहादुर फियाक र धनराज शेर्माको परिवारका ९ सदस्यको हत्या भएको थियो । जसमा बमबहादुरका जेठी छोरीकी १२ वर्षकी छोरी सीताले भने भागेर ज्यान जोगाएकी थिइन् । मकुण्डो लगाएर हत्याकाण्ड मच्चिएसँगै सीता भागेर छिमेकीको शरणमा पुगेकी थिइन्

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);