प्रधानमन्त्री ओलीले शुक्रबार साँझ बस्नेगरी मन्त्रिपरिषद बैठक आह्वान | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ बस्नेगरी मन्त्रिपरिषद बैठक आह्वान

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ बस्नेगरी मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीले साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारी निर्णय बदर गरेसँगै पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

सर्वोच्चले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै १३ दिन भित्र बैठक बोलाउन परमादेश समेत दिएको थियो । सोहीकारण शुक्रबारको बैठकले संसद् बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिश गर्नसक्ने देखिएको छ ।

यसअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा पुगेर छलफल गरेका थिए । नेकपाको ओली पक्षले अदालतको निर्णय स्वीकार्दै संसद् बैठक आह्वान गर्ने निर्णय समेत गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);