प्रतिनिधिसभा बैठकमा विश्वासको मतको लागि मतदान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

प्रतिनिधिसभा बैठकमा विश्वासको मतको लागि मतदान सुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेकोे विश्वासको मतको लागि प्रतिनिधिसभा बैठकमा मतदान सुरु भएको छ ।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन चाहेको औचित्यता बारे स्पष्ट पारेपछि संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले बोलेका थिए । उनीहरुले प्रधानमन्त्री तथा सरकारको आलोचना गरेका थिए भने विश्वासको मत नदिने बताएका थिए ।

त्यस पछि प्रधानमन्त्री ओलीले नेताहरुले उठाएको विषयलाई सम्बोधन गर्दै जवाफ फर्काएका थिए ।

प्रधानमन्त्रीले भनाइ राखेपछि मतदान प्रक्रिया सुरु भएको छ । कोभिड संक्रमित प्रतिनिधि सभा सदस्यलाई मतदानको लागि लोत्से हलमा छुट्टै व्यवस्था गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);